देशव्यापी चक्काजाम गर्ने दुर्गा प्रसाईको चेतावनी

भर्खरै

काठमाडौं, असोज ३ । नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारले दमनकारी नीति फिर्ता नलिए देशव्यापी रुपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

आज (बिहीबार्र्र) एक विज्ञप्ती जारी गर्दै उनले आफूसहित दुई जना सञ्चारकर्मीमाथि झुटो मुद्दा दायर गरेर पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरोधमा आन्दोलन चर्काउने चतावनी दिएका हुन् ।

उनले दमनकारी नीति नलिए असोज ५ गतेबाट देशव्यापी रुपमा चक्काजाम गर्न अपिल गरेका छन् ।

उनले आफूले गरिव तथा सर्वहारा र भुईंमान्छेका लागि अभियान चलाएको र उनीहरुलई ऋणको भय र त्रासबाट बचाउन सफल भएको पनि दाबी गरेका छन् ।

आफूले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृत र नागरिकको जीवन रक्षाको लागि शान्तिपूर्ण रुपमा आन्दोलन सञ्चालन गर्दापनि दमन गरिनु गणतन्त्रको उपहास भएको उनले बताएका छन् ।