बैतडी, असोज ३ । बैतडीको पाटन नगरपालिका वडा नं. ३ बुङडा पहिराले मुहान पुरेपछि खानेपानीको समस्या भएको छ ।
गत हप्ता भारी वर्षाका कारण खसेको पहिरोले तिमलागैर भन्ने स्थानमा रहेको खानेपानीको मुहान पुरेको हो ।
पहिरोका कारण खानेपानीको मुहान मासिएपछि बुङडा गाउँका ५० भन्दा बढी घरधुरीलाई खानेपानीको जोहो गर्न मुस्किल भएको छ । गाउँमा आउने खानेपानी अवरुद्ध भएपछि गाउँबासीलाई धेरै समस्या भएको स्थानीय गणेश बिष्टले बताए ।
पहिरोले मासिएको खानेपानी मुहान मर्मतका लागि स्थानीय सरकारसंग आग्रह गरिएको बिष्टले बताए ।
हिउँदको समयमा समेत खानेपानीको समस्या नहुने बुङडा गाउँमा पहिरोले खानेपानीको मुहान मासेपछि समस्या भएको स्थानीयहरुले बताएका छन् ।



