धनगढी, असोज ३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।



