बझाङ, २७ असार/बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार दुर्घटनामा ३ जनाले ज्यान गुमाएका हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका ५ जनाको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको धामीले जानकारी दिए।
दुर्घटनाको कारण, मृतक तथा घाइतेहरूको पहिचानसहित थप विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



