विधुत पोल व्यवस्थापनको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

भर्खरै

धनगढी, १६ असार/धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्रदेखि बोराडाँडी जोड्ने सडक खण्डमा स्थानीय बासिन्दाले सडकमा नाली खनेर आवागमन अवरुद्ध गरेका छन् ।
उक्त क्षेत्रमा रहेका विधुतका पोल तथा तार व्यवस्थापन गर्न पटक–पटक सम्बन्धित निकायसँग माग गर्दा पनि सुनुवाइ नभएको भन्दै स्थानीयले मंगलबार सडकमा नाली खनेर विरोध जनाएका हुन्।
स्थानीयका अनुसार सडक निर्माणअघि विधुतका पोल र तार स्थानान्तरण गर्न आवश्यक भए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा निर्माण कार्य प्रभावित हुँदै आएको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको उनीहरूको भनाइ छ ।
स्थानीयले सम्बन्धित निकायले तत्काल विधुत पोल तथा तार व्यवस्थापन गरी सडक निर्माणको वातावरण बनाउनुपर्ने माग गरेका छन्।