धनगढी, २४ जेठ/सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण कुमार स्वाँर पुनः निर्वाचित भएका छन्। महासंघको १८औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशनबाट स्वाँर दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचनमा स्वाँरले प्रतिद्वन्द्वी किशोर ठकुराठीलाई फराकिलो मतान्तरले पराजित गरे। स्वाँरले १८३ मत प्राप्त गर्दा ठकुराठीले ७४ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी निर्वाचित भएका छन्। कपाडीले १६८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी घनश्याम दत्त पाठकले ८७ मत प्राप्त गरे।
उपाध्यक्ष पदमा पदम भण्डारी निर्वाचित भए। उनले १६० मत प्राप्त गरे। सो पदका अन्य उम्मेदवार मदन मोहन बिष्टले १५४, विक्रम खड्काले ९० तथा अमर बहादुर बमले ८४ मत प्राप्त गरेका थिए।
महासचिवमा खेमराज जोशी निर्वाचित भएका छन्। उनले निवर्तमान महासचिव ओमराज पाठकलाई पराजित गर्दै १५९ मत प्राप्त गरे भने पाठकले ९५ मत पाए।
उपमहासचिव (नीतिगत) मा आङदावा शेर्पा निर्वाचित भएका छन्। शेर्पाले १९२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी करन बहादुर बिष्टले ६६ मत प्राप्त गरे। उपमहासचिव (आन्तरिक) मा राजेश गिरी १७० मतसहित विजयी हुँदा दिलिप कुमार शाहीले ८४ मत प्राप्त गरे।
कोषाध्यक्षमा निर्मल कुमार देउवा निर्वाचित भए। देउवाले १७४ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी दिर्घराज उपाध्यायले ८२ मत पाए। सहकोषाध्यक्षमा निर्मला सापकोटा निर्वाचित भइन्। उनले १२९ मत प्राप्त गर्दा गणेश खड्काले १२५ मत प्राप्त गरेका थिए।
त्यसैगरी सदस्य खुलातर्फ दिनेश राज भट्ट (१९९), अमर सिंह रावल (१८३), राजेश मधिकर्मी (१७५), विनोद प्रसाद भट्ट (१७५) र सुनिल कुँवर (१६०) मतसहित निर्वाचित भएका छन्। त्यसैगरि, तिन सदस्य निर्विरोध निर्वाचित भएका छन । दाउत तामाङ, रोहित बोगटी र गोरे सिंह ऐर निर्विरोध निर्वाचित भएका छन । २८२ मतदाता रहेको महासंघमा २६४ जनाले मतदान गरेका थिए ।



