धनगढीमा रोयल इनफिल्ड ‘गुरिल्ला ४५०’ सार्वजनिक

भर्खरै

धनगढी/रोयल इनफिल्डले आफ्नो नयाँ मोटरसाइकल ‘गुरिल्ला ४५०’ नेपाली बजारमा सार्वजनिक गरेको छ । धनगढीका लागि आधिकारिक बिक्रेता भुमि अटो हब प्रा. लि. ले एक कार्यक्रम आयोजना गर्दै उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा शक्तिशाली इन्जिनसहित ल्याइएको यो मोटरसाइकल विशेषगरी युवापुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको कम्पनीले जनाएको छ । ४५२ सीसी क्षमताको लिक्विड–कुल्ड इन्जिन रहेको मोटरसाइकलले करिब ४० पीएस शक्ति र ४० एनएम टर्क उत्पादन गर्ने बताइएको छ ।


मोटरसाइकलमा एलईडी हेडलाइट, डिजिटल डिस्प्ले, नेभिगेसन प्रणाली, ६-स्पिड गियरबक्स तथा सुरक्षासम्बन्धी आधुनिक फिचरहरू समावेश गरिएको कम्पनीको दाबी छ । शहरभित्रको दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म सहज हुने गरी मोटरसाइकल डिजाइन गरिएको जनाइएको छ ।
कम्पनीका अनुसार ‘गुरिल्ला ४५०’ विभिन्न रंग तथा भेरियन्टमा उपलब्ध हुनेछ । धनगढीसहित देशभरका आधिकारिक सोरुममार्फत यसको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।