सुदूरपश्चिम मोबाइल व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा मण्डल

भर्खरै

धनगढी, १९ वैशाख/सुदूरपश्चिम मोबाइल व्यवसायी संघको तेस्रो अधिवेशनबाट सन्तोष मण्डल धानुक अध्यक्षमा चयन भएका छन्। धनगढीमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उमेश भट्ट, उपाध्यक्षमा सरताज आलम, महासचिवमा निरज भट्ट, सचिवमा भानदेव जोशी तथा कोषाध्यक्षमा दीपक अग्रवाल चयन भएका छन्।
त्यस्तै सह–सचिवमा गोविन्द मुखिया र सह–कोषाध्यक्षमा सुनील बम चयन भएका छन्। सदस्यहरूमा सुनिलबहादुर बम, दिनेश जैशी, लोकेरा सुतारी, दीपेन्द्र चौधरी, मनीष पाठक, पानसिंह धामी, शैलेन्द्र ग्वाल र ओमप्रकाश कुँवर रहेका छन्।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराई को प्रमुख आतिथ्य रहेको थियो। उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।