सुदूरपश्चिममा २ राष्ट्रियसभा सदस्यका लागि ४ को उम्मेदवारी, अहिले मतदान हुदै

भर्खरै

धनगढी, ११ फागुन/सुदूरपश्चिम प्रदेशमा दुई राष्ट्रियसभा सदस्यका लागि अहिले मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।
सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेशसभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस र एमालेले गठबन्धन गरेका छन् । गठबन्धनका विरुद्ध नेकपाको पनि उम्मेदवारी छ ।
काँग्रेसबाट खम्मबहादुर खाती तथा एमालेबाट लीलाकुमारी भण्डारी तथा नेपाली कम्युनिष्ट पार्टीबाट टीकाराम जैसी र रोजी बस्नेत सुनारको उम्मेदवारी छ ।
निर्वाचनमा प्रदेशसभा सदस्य, नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ५३ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ रहेको छ । सुदूरपश्चिम प्रदेशमा काँग्रेसको मात्रै मतभार २ हजार ६०७ छ । दोश्रोमा नेपाली कम्युनिष्ट पार्टी छ । एक प्रदेशसभा निलम्बनमा रहेका कारण उसको मतभार १ हजार ८१६ छ । एमालेको १ हजार ५३३ मतभार रहेको छ । यस्तै, राप्रपाको ५३ तथा स्वतन्त्रको ३८ मतभार रहेको छ ।