धनगढी, ११ माघ/इलेक्ट्रोनिक्स डिलर्स एसोसियसन अफ नेपालको अध्यक्षमा टेकराज पनेरु निर्वाचित भएका छन् । नेपालको १४औँ साधारण सभा तथा सातौँ अधिबेसनबाट पनेरु अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
एसोसियसनको शनिबार धनगढीमा सम्पन्न सभाले पनेरुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यज्ञराज ओझा, उपाध्यक्षमा धर्मानन्द पाण्डेय, महा–सचिवमा हेमराज पन्त, सचिवमा अम्बिका भण्डारी तथा कोषाध्यक्षमा शिवराज उपाध्याय निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा अंकित भण्डारी, तेजराज पडाल, बलराम धमला, मसुरलाल चौधरी र हर्कबहादुर ठगुन्ना निर्वाचित भएका छन् । सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवरले गरेका थिए । सभाको उद्घाटन समारोहमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा आधुनिक एआई प्रविधिको प्रयोग गर्दै मोबाइल एपमार्फत दियो बालेर कार्यक्रमको औपचारिक सुरुआत गरिएको थियो ।



