कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीसहित १९ जनाले गरे मनोनय दर्ता

भर्खरै

धनगढी, ६ माघ/नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरी नयाँ पार्टी नाउपा नेपाल खोलेका थिए ।
उनीसंगै कैलाली क्षेत्र नम्बर १ बाट उज्यालो नेपाल पार्टीबाट प्रदिप कुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुनिता भण्डारा, नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगौरा थारु, स्वतन्त्रबाट सत्य नारायण भट्टराई र राजेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) का द्धारिका प्रसाद न्यौपाने, नेपाली काँग्रेसका जनकराज चौधरी, आम जनता पार्टीबाट रुपा कुमारी चौधरीसहित १९ जनाले मनोनय दर्ता गरेका छन् ।