धनगढी, ६ माघ/कैलाली क्षेत्र नम्बर ५ बाट ३ स्वतन्त्र उम्मेदवारसहित १६ जनाले मनोनय दर्ता गराएका छन् । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट प्यारे लाल राना, जनक राज पाठक र इश्वरी विष्टले मनोनयन दर्ता गराउँदा नेपाली काँग्रेसका नर नारायण शाह (मनु), नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) का यज्ञ राज ढुङ्गाना उपाध्याय, मितेरी पार्टी नेपालका राधिका कुमारी कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्द, आम जनता पार्टीका देव सिंह विष्ट, नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी, राष्ट्रिय जनमोर्चाका शोभामणी जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही, नेपाल मजदुुर किसान पार्टीका तपण पुनमगर, नेपाल कम्यनिष्ट पार्टी (माओवादी) का बबरजंग बहादुर सिंह, उज्यालो नेपाल पार्टीबाट चन्द्र साउँद र जनमत पार्टीबाट धनबहादुर चौधरीले मनोनयन दर्ता गराएका हुन् ।




