धनगढी, ६ माघ/सुदूरपश्चिमका १२ क्षेत्रमा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ । फागुन २१ गते हुने प्रतिििनधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले सुदूरपश्चिमका १२ क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो । कैलाली क्षेत्र नम्बर ५ मा प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’ ले टिकट पाएका छन् । कैलाली क्षेत्र नम्बर ४ मा प्रदेश सभापति वीरबहादुर बलायरलाई उम्मेदवार बनाउँने निर्णय गरेको काँग्रेसले क्षेत्र नम्बर ३ मा भिम बडुवाल, २ मा बिजय स्वार र १ मा जनकराज चौधरीले टिकट पाएका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट गोपीप्रसाद उपाध्यायले टिकट पाएका छन् । दार्चुलाबाट धर्मानन्द जोशी, डोटीबाट भरतबहादुर खड्का, अछाम १ मा पूर्व जिल्ला सभापति भरतकुमार स्वाँर र २ मा पार्टी जिल्ला सभापति पुष्पबहादुर शाहले टिकट पाएका छन् । बाजुरामा जनकराज गिरीले टिकट पाउँदा बैतडीमा भने जिल्ला सभापति चतुरबहादुर चन्दले टिकट पाएका छन् । चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष हुन् ।




