धनगढी, २९ मंसिर/स्वास्थ्य सेवा, केवल उपचार मात्र होइन—यो विश्वास हो, आशा हो र जीवन बचाउने एउटा आधार हो । यही विश्वासको यात्रामा धनगढीमा जन्मिएको एउटा स्वास्थ्य संस्थाको नाम हो—सि.पि. अस्पताल । वि.सं. २०६९ सालमा सेती प्रादेशिक अस्पताल अगाडि भाडाको सानो भवनबाट केवल १५ शैयासहित सुरु भएको यो अस्पताल, आज समयसँगै आफूलाई विस्तार गर्दै एक सय शैयाको सुविधासम्पन्न अस्पतालमा रूपान्तरण भएको छ ।
सुरुवाती चुनौती, सीमित साधन र थोरै जनशक्ति हुँदाहुँदै पनि, सि.पि. अस्पतालले सेवाको गुणस्तरमा कहिल्यै सम्झौता गरेन । २०७० सालमा चटकपुर हुँदै २०८२ सालदेखि बोराडाडी ब्यारेक अगाडि रहेको आफ्नै आधुनिक भवनबाट आज सि. पि. अस्पताल धनगढी उपमहानगरपालिका–३, संगम टोलमा नागरिकलाई सेवा दिइरहेको छ ।

अस्पतालमा महिला र पुरुषका छुट्टाछुट्टै वार्ड, प्राइभेट क्याबिन, शान्त र स्वच्छ वातावरणसँगै बिरामी र कुरुवाका लागि ताजा र स्वस्थ खानासहितको क्यान्टिन सेवा पनि उपलब्ध छ । अस्पतालका अध्यक्ष चन्द्र प्रकाश पाण्डेले भन्नुभयो, ‘हाम्रो उद्देश्य व्यवसाय मात्र होइन, सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध गराउनु हो ।’
आज सि।पि। अस्पताल केवल एउटा भवन होइन—यो हजारौँ परिवारको भरोसा बनेको छ । अनुभवी चिकित्सक टोली, आधुनिक प्रविधि र सेवाप्रतिको इमान्दारितासँगै सि.पि. अस्पताल— धनगढी मात्र होइन, सुदूरपश्चिमको एक विश्वासिलो स्वास्थ्य सहयात्री बन्दै अघि बढिरहेको छ ।



