धनगढी, २५ मंसिर/रोयल इन्फिल्डको हन्टर ३५० धनगढीमा बिक्री सुरु भएको छ । धनगढीस्थित भुमी अटो हवले आज एक विशेष समारोह बीच हन्टर ३५० बिएस–६ मोडेलको औपचारिक बिक्री सुरु गरेको हो ।
रोयल इन्फिल्डको सबैभन्दा किफायती मोडल हन्टर ३५० अब बिएस–६ मानक अनुसारको नयाँ इन्जिनसहित बजारमा आएको छ । नेपाली बजारमा पहिल्यै उपलब्ध यो मोडेल इन्जिन अपडेटसँगै थप परिष्कृत बनेको छ भने नयाँ फिचरहरू पनि समावेश गरिएको छ।
अपडेटेड हन्टर ३५० मा सुधारिएको रिफाइनमेन्ट, राम्रो माइलेज, सुरक्षाका केही नयाँ फिचर तथा सहज राइडिङ अनुभवका तत्वहरू थप गरिएको छ। किफायती मूल्य श्रेणीमै उपलब्ध भएकाले यो मोडेल सुदूरपश्चिम बजारमा झनै लोकप्रिय हुने अनुमान गरिएको छ।भुमी अटो हवका अनुसार नयाँ हन्टर ३५० बिएस–६ मोडेलले धनगढीसहित आसपासका ग्राहकलाई आधुनिक, आकर्षक र भरपर्दो मोटरसाइकलको नया विकल्प प्रदान गरेको छ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले सोमबार एक कार्यक्रमका बीच रोयल इनफिल्ड हन्टर बीएस ६ भर्सन सार्वजनिक गरेको थियो ।
कम्पनीले नयाँ भर्सन हन्टर ३५० को दुई भेरियन्ट उपलब्ध गराएको छ । जसमा सिंगल टोन भेरियन्टको मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डबल टोन भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
कम्पनीले नयाँ भर्सन हन्टर ३५० मोटरसाइकलको विभिन्न फिचरसमेत थप गरेर ल्याएको छ । नयाँ हन्टर ३५० मा बीएस ६ इन्जिनका साथै, स्पिल असिस्ट क्लच, अल एलइडी सेटपअ, नयाँ सस्पेन्सन सेअटप, नयाँ अपडेटेड क्लस्टर र धेरै ग्राउन्ड क्लियरेन्स र डबल च्यानल एबीएस फिचरका साथ ल्याएको छ ।
रोयल इनफिल्डको जे सिरिज प्लेटफर्ममा निर्माण भएको नयाँ हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ । ट्वीन डाउन ट्युब स्पीन फ्रेममा बनेको यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा एड्जस्टेबल ट्वीन सक एब्जर्भर रहेको छ ।



