सुदूरपश्चिम महोत्सवमा आज : ‘सुदूरको शिक्षा : हुनुपथ्यो कहाँ, हामी छौं कहाँ ?’

भर्खरै

धनगढी, २५ मंसिर/आज (बिहीबार) सुदूरपश्चिम महोत्सवस्थलमा ‘सुदूरको शिक्षा ः हुनुपथ्यो कहाँ, हामी छौं कहाँ ?’ विषयमा बहस हुदैछ । सुदूरपश्चिम महोत्सव–२०८२ भिजन सुदूरपश्चिमको तेश्रो श्रृंखला बिहान ९ः४५ बजेदेखि ११ः४५ बजेसम्म बहस हुने भएको हो । बहसमा सुदूरपश्चिम विश्वविद्यालयका उप–कुलपति प्रा.डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सरकारका सचिव डा. हेमराज रेग्मी र शिक्षासेवी अनिता पन्त वक्ताहरुको रहेका छन् । बहसको सहजीकरण टेकराज अवस्थीले गर्नेछन् ।