सुदूरपश्चिम महोत्सव उद्घाटन समारोह : विभिन्न क्षेत्रमा योगदान पु–याएको भन्दै अर्थमन्त्री खनालबाट सम्मान प्रदान

भर्खरै

धनगढी, २३ मंसिर/विभिन्न क्षेत्रमा योगदान पु–याउने विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित भएका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहको अवसर पारेर कैलाली उद्योग वाणिज्य संघले भाषा, स्वास्थ्य, स्वास्थ्य तथा समाज सेवा, शिक्षा, उद्योग व्यापार, समाज सेवा, पर्यटन, कृषि, महिला उद्यमी, लोक संस्कृति, सञ्चार, खेलकुद, युवा उद्यमी क्षेत्रमा पु–याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।


स्वास्थ्य तथा समाज सेवामा योगदान पु–याएको भन्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्त, स्वास्थ्य क्षेत्रमा योगदान पु–याएको भन्दै डा. प्रदिप मिश्र र डा. मोहन साउँद, भाषा साहित्य क्षेत्रमा डा. टि. एन जोशी, शिक्षा क्षेत्रमा प्रा.डा.तुलसीराम जोशी, समाज सेवामा योगदान पु–याएको भन्दै सि.वि. चन्द, उद्योग व्यापार क्षेत्रमा हेम राज पाठक, पर्यटन क्षेत्रमा सहयोग पु–याएको भन्दै कलमबहादुर बम, कृषि क्षेत्रमा योगदान पु–याएको भन्दै रबिन कान्त पन्त, सञ्चार क्षेत्रमा चित्राङ्ग थापा, लोक संस्कृति चक्र बम, खेलकुद शेर बहादुर सिंह र दिपेन्द्र सिंह ऐरी, युवा उद्यमीमा सुरज रैका र महिला उद्यमीमा पु–याएको योगदानको कदर गर्दै राज कुमारी चौधरीलाई सम्मानित गरिएको हो ।
हिजोदेखि धनगढीमा सुरु भएको १९ औं संस्करणको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा सबै जनालाई सम्मानित गरिएको हो । सबै जनालाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान प्रदान गरेका हुन् ।