सुदूरपश्चिम महोत्सवको पहिलो दिन, यी कलाकारहरुको प्रस्तुति रहने !

भर्खरै

धनगढी, २२ मंसिर/सुदूरपश्चिम महोत्सव–२०८२ आजदेखि सुरु हुँदैछ । २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको महोत्सवको १९ संस्करण आजदेखि विधिवत् रुपमा धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा हुँदैछ । महोत्सवको नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालले आज दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तय भएको छ । यसअघि अहिले बिहान ११ बजे धनगढीको ट्राफिक चौराहबाट महोत्सव स्थलसम्म झाँकीसहितको ¥यालीको आयोजना हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको पहिलो दिन राजा राजेन्द्र पोखरेल, शोभा त्रिपाठी, टंक तिमिल्सिना, अञ्जु सुनार, टिकटकर अंशु बर्मा, समु चौधरीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।