धनगढी, १६ कात्तिक/कैलाली सदरमुकाम धनगढीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्का मात्रै वर्षा भएको थियो । मौसममा सुधार हुँदै गएपछि बाक्लो हुस्सु लाग्न सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतमतापक्रम २० देखि २२ डिग्री सेल्सियसको बिचमा रहेको छ ।



