धनगढी, ११ कात्तिक/उद्योग वाणिज्य संघ डोटीका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य डम्मर भण्डारीको निधन भएको छ । दिपायल सिलगढी नगरपालिका–६, भलतडा निवासी भण्डारीको कात्तिक ८ गते निधन भएको हो ।
भण्डारी प्यारालाइसिसको बिरामी थिए । भण्डारीका दुई छोरी र एक छोरा छन् । छोरा र माइली छोरी काठमाण्डौंमा बस्दै आएका छन् भने कान्छी छोरी धनगढीमा बस्दै आएका छन् । उनको निधनमा धेरै समवेदना प्रकट गरेका छन् । भण्डारी निर्माण व्यवसायी संघ डोटीका पूर्व उपाध्यक्ष तथा वर्तमान विशिष्ट सल्लाहकार समेत थिए ।




