भाइटीकाको दिन अत्तरिया चोकदेखि यी तीन रुटमा निःशुल्क बस सेवा

भर्खरै

धनगढी, ५ कात्तिक/गोदावरी नगरपालिकाको समन्वयमा तथा नवजीवन अस्पतालको सहयोगमा भाइटीकाको दिन निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । अत्तरिया चोकदेखि धनगढी, चौमाला र ओलानी गौडी बजारसम्म निःशुल्क बस सेवा सञ्चालन हुने गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताए ।
गोदावरी नगरपालिकाको समन्वयमा तथा नवजीवन अस्पतालको सहयोगमा भाइटीकाको दिन अत्तरिया चोकदेख धनगढीसम्म बिहान ९, १०ः३०, ११ः३०, दिउँसो १२ः३० र १ बजेसम्म अत्तरिया चोकदेखि चौमाला बजारसम्म सोही समय र अत्तरिया चोकदेखि ओलानी गौडी बजारसम्म बिहान ९, ११ः४५ र दिउँसो १ बजे निःशुल्क बस सञ्चालन हुने नगर प्रमुख भट्टले बताए ।
अत्तरिया चोकदेखि धनगढीसम्म बा.प्र.०३००१ ख ४२५७ नम्बरको गाडी, अत्तरिया चोकदेखि चौमाला बजारसम्मका लागि से. १ ख २१०५ नम्बरको गाडी र अत्तरिया चोकदेखि ओलानी गौडी बजारसम्म बा.प्र.०१००१ ग४६५५ नम्बरको गाडी सञ्चालन हुने भट्टले बताए ।