धनगढी, ५ कात्तिक/कर्णबहादुर बागको अध्यक्षतामा बाग एकता सेवा समाज गठन भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२, बैयाबेहडीमा रहेको बाग एकता सेवा समाजको साधारण सभाबाट बागको अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।
‘सहयोगको सानो कदम परिवर्तनको ठूलो सुरुवात, बाग एकता सेवा समाज’ भन्ने मूल नाराका साथ भएको साधारण सभाबाट उपाध्यक्षमा नरेशबहादुर बाग, सचिवमा गणेशबहादुर बाग, सह–सचिवमा सरिता देवी बाग र कोषाध्यक्षमा उर्मिला बाग चयन भएका छन् ।
सदस्यमा जानकी बाग, मंगला देवी बाग, तुली देवी बाग, कुलबहादुर बाग चयन भएका छन् ।
संयोजकत्वमा सभाले खडकबहादुर बागको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको सदस्यहरूमा अमरबहादुर बाग, टेकबहादुर बाग, लालुबहादुर बाग, कर्णबहादुर बाग, भीमबहादुर बाग, गणेशबहादुर बाग रहेका छन् ।
तदर्थ समितिका अध्यक्ष कर्णबहादुर बागको अध्यक्षतामा भएको साधारण सभामा ज्येष्ठ नागरिक कल्यान सिंह बाग, नरबहादुर बाग, समाजसेवी रामबहादुर बागको विशेष उपस्थिती रहेको थियो । लालबहादुर बागले स्वागत गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कर्णबहादुर बाग प्रस्तुत गरेका थिए । सभाको सञ्चालन खडकबहादुर बागले गरेका थिए ।



