कृष्ण जन्माष्टमीको अवसर पारेर श्री डि.आर. मेमोरियलले आयोजना ग–यो कृष्ण लिला

भर्खरै

धनगढी, ३१ साउन/कैलालीको गौरीगंगा नगरपालिका–२, मोहन्याल टोलस्थित श्री डि.आर. मेमोरियल ऐकेडेमीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर प्रवचनसहितको कृष्ण लिला देखाएको छ । धर्म, संस्कृति, पहिचान र सस्कारसहितको विद्यार्थीलाई ज्ञान दिनका लागि श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर प्रवचन, अवलोकनसहित कृष्ण लिला देखाएको हो । ऐकेडेमीका फाउण्डर प्रिन्सिपल मदनराज ओझाका अनुसार ऐकेडेमीले यसअघि आँखा शिविर, दन्त शिविर र निसाहाय विद्यार्थीहरुलाई छात्रवृत्तिसहित सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनुभयो ।


बि.स. २०६६ सालमा स्थापना भएको ऐकेडेमीमा धनगढी उपमहानगरपालिका वडा नम्बर १६, १७ र गौरीगंगा नगरपालिका वडा नम्बर १,२,३ लगायत छिमेकी पालिकाका चार सय बढी विद्यार्थी अध्ययनरत छन् । ऐकेडेमीमा हाल कक्षा ८ सम्म अध्ययन÷अध्यापन हुँदै आएको मदनराज ओझाले बताउनुभयो ।
विद्यालयले टाढाका विद्यार्थीको सहजताका लागि यातायात सेवाको सहुलियत सहज सुविधा दिदै आएको उहाँले बताउनुभयो । आगामी दिनमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो ।