धनगढी, ३१ साउन/कैलालीको धनगढी उपमहानगरपालिका–१६, रामपुरका खेमबहादुर धामी र श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको संयुक्त आयोजनामा बेहडाबाबा धाममा सवा एक लाख दीप प्रज्वलन गरिएको छ ।

बेहडाबाबा मन्दिरमा साउन १ गतेदेखि जारी श्री बेहडाबाबा श्रावणी मेला एक मास शिव पुराण महा–महोत्सव–२०८२ तथा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सवा लाख दीप प्रज्वलन गरिएको हो ।
श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको सहकार्यमा धामीले दीप प्रज्वलनका लागि आवश्यक सामाग्रीको व्यवस्था गर्नुभएको थियो ।




