धनगढी, ५ वैशाख/नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषधसहित धनगढीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गेटा आँखा अस्पताल बाजुरा मार्तडी शाखाका प्रमुख नेत्र सहायक बाँनियासहित २ जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिकसहित १० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । उनीसंगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेको प्रहरीले जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



