कैलाली अस्पतालमा कार्तिक १३ र १४ गते वरिष्ठ विशेषज्ञ डा। पौडेलको सेवा

भर्खरै

धनगढी/धनगढीस्थित कैलाली अस्पताल प्रा.लि.मा वरिष्ठ चिकित्सक तथा विशेषज्ञ प्रा.डा. विधाननिधि पौडेलले दुई दिन स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन ।
अस्पतालका अनुसार प्रा.डा. पौडेलले आगामी कार्तिक १३ र १४ गते अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा दिनेछन ।
ग्यास्ट्रोइन्ट्रोलोजी अर्थात् पेट तथा पाचन प्रणालीसम्बन्धी रोगका विशेषज्ञ डा. पौडेलबाट पेट, मुटु तथा छातीसम्बन्धी समस्या, मधुमेह (डायबिटिज), कलेजो रोग, टीबी, हेपाटाइटिस, उच्च रक्तचाप तथा मुटुरोगसम्बन्धी स्वास्थ्य सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । साथै, इन्डोस्कोपी सेवा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ ।
विभिन्न स्वास्थ्य समस्याबाट पीडित बिरामीलाई विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार सेवा लिन सहज होस् भन्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
‘गुणस्तरीय सेवा, तपाईंको भरोसा’ भन्ने नारासहित सेवा दिँदै आएको कैलाली अस्पताल धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा जिल्ला प्रशासन कार्यालयअगाडि अवस्थित छ।