धनगढी/कैलाली उद्योग वाणिज्य संघले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघको बुधबार बसेको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, व्यवसायी तथा परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
संघले बाढीबाट प्रभावित तथा घाइतेहरूको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन अपिलसमेत गरेको छ ।
त्यसैगरी, बाढीमा परेका सुदूरपश्चिमका पीडित तथा ज्यान गुमाएका परिवारलाई राहत सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरिएको संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।



