सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

भर्खरै

धनगढी, ३ भदौ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो। मतदानमा उहाँको पक्षमा ३१ मत र विपक्षमा १५ मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो।
बैठकमा ४६ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको थियो। बहुमत सांसदले विश्वासको मत दिएसँगै मुख्यमन्त्री भट्टको सरकारलाई प्रदेश सभाको समर्थन प्राप्त भएको छ।
भट्ट गत साउन २९ गते नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त भएपछि उहाँले प्रदेश सभामा विश्वासको मत लिनुभएको हो।