राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनारमा आशिष चन्द सफल

भर्खरै

धनगढी/मधेश प्रदेशको सिमरा, बारामा आयोजित ११औँ राष्ट्रिय क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार–२०८३ मा सुदूरपश्चिम प्रदेशका आशिष चन्दले सफलतापूर्वक सहभागिता जनाएका छन्।
असार ५ गतेदेखि १० गतेसम्म सञ्चालन भएको उक्त सेमिनारमा धनगढीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा छैटौँ डान ब्ल्याक बेल्ट आशिष चन्द सहभागी भएका थिए। सेमिनारमा उनले रेफ्रीसम्बन्धी विभिन्न प्राविधिक तथा व्यावहारिक प्रशिक्षण प्राप्त गर्दै सफलता हासिल गरेका हुन्।


नेपाल तेक्वान्दो संघको आयोजनामा सम्पन्न सेमिनारमा देशभरका रेफ्री, प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता सञ्चालनलाई थप व्यवस्थित, निष्पक्ष र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन आवश्यक ज्ञान तथा सीप विकास गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको थियो।
लामो समयदेखि तेक्वान्दो क्षेत्रमा सक्रिय चन्दले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।