धनगढी/धनगढीमा जारी धनगढी उत्सव–२०८३ अन्तर्गत आज दर्शकले चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न पाउने भएका छन्।
उत्सवको आजको कार्यक्रममा चर्चित गायिका एलिना चौहान, गायक विक्रम चौधरी तथा रोशनी न्यौपाने को सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। त्यस्तै नृत्यतर्फ मनु भट्टले प्रस्तुति दिनेछिन्।
कार्यक्रममा उद्घोषक तथा गायक प्रेम बोगटी र उद्घोषक/संयोजक गुणाकर पनेको समेत सहभागिता रहनेछ। स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने भएकाले दर्शकका लागि मनोरञ्जनको विशेष आकर्षण रहने अपेक्षा गरिएको छ।
प्रभात मिडिया एण्ड इभेन्ट प्रालिको आयोजनामा सञ्चालन भइरहेको उत्सव जेठ २९ गतेदेखि सुरु भएको हो। उत्सव प्रत्येक दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको छ।



