सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त

भर्खरै

धनगढी, २५ जेठ/सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। सोमबार भएको पुनर्गठनअन्तर्गत नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन्।
पुनर्गठनअनुसार बेलबहादुर राना सामाजिक विकास मन्त्री बनेका छन् भने विक्रमसिंह धामी आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा नियुक्त भएका छन्। त्यसैगरी मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।


यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री तथा जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएकी छन्। नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमल शाह ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।