सुदूरपश्चिम महोत्सवको उद्घाटन अर्थमन्त्री खनालले गर्ने

भर्खरै

धनगढी २१ मंसिर/भोली (सोमबार) देखि सुरु हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा लाग्ने महोत्सवको तयारी पूरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
यही मंसिर २२ गतेबाट सुरु हुने महोत्सव पुष २ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले जानकारी दिए ।
त्यसअघि बिहान ११ बजे प्रभातफेरीको आयोजना गरिने अध्यक्ष ओझाले बताए । महोत्सवमा अनुमानित २ करोड भन्दा बढीको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको अध्यक्ष ओझाले बताए ।
महोत्सवमा कृषि,जडिवुटी,हस्तकला, फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि ५ सय ५० जति स्टल रहेका छन् । महोत्सवमा अपांग, बृद्ध, फरक क्षमता भएका व्यक्ति, संघका सदस्य व्यवसायीलाई निःशुल्क प्रवेश, खेलाडी तथा विद्यार्थीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको संघका सचिव प्रकाश चन्दले बताए । उनले महोत्सवमा आउने दर्शकहरुका लागि रमाईलो मेलामा मुख्य आकर्षकको रुपमा फिलिपिन्सबाट ल्याइएको जलपरी रहेको जानकारी दिए । महोत्सवमा स्थानीय परिकार, उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ ।