धनगढी, १५ माघ/डेउडा प्रतिष्ठानको पहिलो बैठक बसेको छ । चौथो साधारण सभा पश्चात नवनिर्वाचित केन्द्रीय समितिको माघ १३ गते बसेको पहिलो बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई प्रस्ताव पारित गरेको छ । पहिलो बैठकको पहिलो प्रस्ताव सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्ने थियो ।
डेउडा प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष सुरतबहादुर रावत ‘डोटेली कान्छा’ को अध्यक्षतामा बसेको बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन संशोधन गरि हालै संसदबाट पास गरेकोमा खुसी ब्यक्त गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खडका र सामाजिक विकास समितिका सभापति पूर्व मन्त्री शिबराज भट्ट सहित सामाजिक विकास समितिमा रहेका प्रदेश सभा सदस्यहरुलाई धन्यवाद प्रस्ताव पास भएको उप–महासचिव प्रेम विवश चन्दले बताउनुभयो ।
सरकारले कुलपति, उपकुलपति,सदस्य सचिव ,परिषद सदस्य, लगायत सबै पदमा स्रष्टाबाट चयन हुने गरि संशोधन गरेको ऐनको स्वागत गर्दै सरकारलाई धन्यवाद ज्ञापन संगै पहिलो बैठकले संस्थाको स्थापना दिवसको अवसरमा फागुन २४ गतेका दिन डेउडा सम्मेलनको आयोजना गर्ने निर्णय गरेको चन्दले बताउनुभयो । पहिलो बैठकबाट विभिन्न संघ संस्थासंग समन्वय गर्दै बिभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, चियापान भाषिक गोष्ठी, डेउडा सम्मेलन लगायतका निर्णयहरु गर्दै बैठक सम्पन्न भएको थियो ।



