धनगढी, ९ भदौ/नवजीवन सहकारी संस्था लिमिटेड र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच सहकारीका शेयर सदस्यलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार २०८३ साल भदौ १ गतेदेखि नवजीवन सहकारीका सम्पूर्ण शेयर सदस्यले निसर्ग हस्पिटलबाट सुलभ मूल्यमा स्वास्थ्य सेवा तथा उपचार सुविधा प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपालराज पाठक र निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा नवजीवन सहकारीका उपाध्यक्ष उत्तम जोशी र निसर्ग हस्पिटलका डा. प्रदीप मिश्रको उपस्थिति रहेको थियो।
सम्झौताले सहकारीका शेयर सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



