कैलाली हस्पिटलका अध्यक्ष जोशी नेपाल परिवार नियोजन संघ कैलालीको नेतृत्वमा

भर्खरै

धनगढी, २८ असार/नेपाल परिवार नियोजन संघ कैलाली शाखाको ३३औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले कैलाली हस्पिटलका अध्यक्ष जनकराज जोशीलाई शाखाको अध्यक्षमा निर्वाचित गरेको हो।
निर्वाचित कार्यसमितिको कोषाध्यक्षमा चिरञ्जीवी पाठक चयन भएका छन्। महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्ल निर्वाचित भएका छन्।
त्यसैगरी, विशेषज्ञ सदस्यतर्फ अपाङ्गता क्षेत्रबाट कुश्मा जोशी, कानुन क्षेत्रबाट सुभाषचन्द्र उपाध्याय, अर्थ क्षेत्रबाट रञ्जना जोशी तथा प्रजनन स्वास्थ्य क्षेत्रबाट कालीप्रसाद पडाल निर्वाचित भएका छन्।


किशोर–युवा सदस्यमा मोनिका वड र स्तुति आचार्य निर्वाचित भएका छन् भने युवा सदस्यमा रोशनी चौधरी विजयी भएकी छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।