नर नारायण शाह ‘मनु’ को चुनावी गीत सार्वजनिक

भर्खरै

धनगढी, १० फागुन/ कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नर नारायण शाह ‘मनु’ को आधिकारिक चुनावी गीत सार्वजनिक गरिएको छ।
“युवाको आशा” बोलको गीत सार्वजनिक भएसँगै चुनावी अभियानलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ। गायक–गीतकार तथा संगीतकार कमल रेग्मी को रचना तथा संगीतमा तयार भएको गीतमा स्वयं रेग्मी र राजु चौधरी लगायतका गायक–गायिकाको स्वर रहेको छ।
गीतको कम्पोज र एरेन्ज समेत राजु चौधरीले नै गरेका हुन्। नेपाली र थारु भाषाको मिश्रणमा आधुनिक शैलीमा तयार गरिएको गीतमा युवा पुस्ताको भावना, परिवर्तनको चाहना र विकासप्रतिको आकांक्षा समेटिएको छ। उम्मेदवार ‘मनु’ ले युवाको ऊर्जा र सपनालाई केन्द्रमा राखेर गीत निर्माण गरिएको बताउँदै यसले अभियानलाई जनस्तरसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
चुनावी अभियानलाई सिर्जनात्मक र सकारात्मक बनाउने उद्देश्यले गीत सार्वजनिक गरिएको उनले बताए। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन्।
समर्थक तथा स्थानीय युवाहरूले गीतले परिवर्तन र विकासको सन्देश बोकेको बताएका छन्। चुनावी माहोललाई उत्साहपूर्ण बनाउन गीत प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ।

https://www.facebook.com/reel/4569445353325848