धनगढी, १९ वैशाख/नेपाली सेनाको गोरख बक्स गण मंगलसेनले विपद् प्रतिकार्य अभ्यास मनसुन–५ को डेमोस्ट्रेसन गरेको छ । अछामको साँफेबगर नगरपालिका–४, पक्कीपुलस्थित बुढिगंगा नदीमा गरिएको विपद् प्रतिकार्य अभ्यास मनसुन–५ को डेमोस्ट्रेसनमा गरिएको हो । मनसुनको समयमा बाढी, डुबान, एवं पहिरो जस्ता जलजन्य प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले डेमोस्ट्रेसन गरेका हुन ।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्यक्षतामा तथा साँफेबगर नगरपालिकाका उप–प्रमुख शिवबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अछाम जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको साथै मंगलसेन नगरपालिका र तुर्माखाद गाउँपालिकाका उपप्रमुख, गैह् सरकारी तथा सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिती रहेको थियो ।




