राइड शेयरिङ प्लेटफर्म ल्याउँदै दुर्गा प्रसाई, कमिशन नलिने

भर्खरै

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

पठाओ, इन्ड्राइभ जस्ता राईड शेयरिङ प्लेटफर्मलाई टक्कर दिन दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउन लागेका हुन् ।

प्रसाईको राइड शेयरिङ प्लेटफर्म दुर्गाले राइडरबाट कुनै पनि प्रकारको कमिसन लिने छैन् भने दर्ता शुल्क पनि लाग्ने छैन् । यो गैर नाफामुलक रूपमा सञ्चालन हुने जनाइएको छ ।

यसले १० हजार ट्याक्सी व्यवसायी र २ लाख बाईक राइडरहरूलाई फाइदा पुर्‍याउने प्रसाईको विश्वास रहेको छ ।