कञ्चनपुर, कार्तिक २३ । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एक लाख मूल्य बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।
भीमदत्त नगरपालिका–११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका–७ गौरीटोलबाट अन्दाजी १ लाख २१ हजार ९४० मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको प्रहरीले जनाएको छ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले खाद्य सामग्री, किरानाका सामान, तथा कपडा बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।



