संचारकर्मी ऐडीद्धारा स्वर्गीय आमाको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा भोजन दान

धनगढी । संचारकर्मी रमेश ऐडीले स्वर्गीय आमा बिस्ना देवि ऐडीको स्वर्गारोहण भएको पुण्य तिथिको अवसरमा दृष्टि फाउन्डेसनमा भोजन दान गरेका छन् । सुल्जन मिडिया प्रालिद्वारा संचालित सुदूरपश्चिम टाइम्सका संचालक ऐडीले आज फागुन २९ गते स्वर्गीय आमाको स्वर्गारोहण भएको पुण्य तिथिमा दृष्टि फाउन्डेसनमा रहेका ६५ जना घरबार विहिन, बेसहारा महिला तथा बालबालिकाहरुलाई भोजन गराएका हुन् । […]

Continue Reading

कैलाली बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई कमिटि आन्दोलित

धनगढी । सुदुरपश्चिम विश्वविद्यालयले प्रकाशित गरेको विज्ञापनको विरोधमा कैलाली बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई कमिटि आन्दोलित भएको छ । विश्वविद्यालय सेवा आयोगद्वारा पुष २ गते कैलाली बहुमुखी क्याम्पसको समायोजनका लागि प्रकाशित विज्ञापनमा केही शिक्षक तथा कर्मचारीलाई छुटाएको भन्दै प्राध्यापक संघ आन्दोलित भएको हो । प्राध्यापक संघले विनियम २०७८ विपरीत सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले कार्यकारी परिषदबाट […]

Continue Reading

सुदूरपश्चिमका किसानलाई शून्य ब्याजदरमा चार करोड ऋण दिन ‘ड्राफ्ट’ तयार

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको चार करोड बजेट कार्यान्वयन हुन नसकेर थन्किन पुगेको छ। कानुन नबन्दा किसानलाई शून्य ब्याजदरमा ऋण दिन छुट्ट्याइएको बजेट त्यसै थन्किन पुगेको हो। सुदूरपश्चिमका किसानलाई शून्य ब्याजदरमा ऋण दिन छुट्टाइएको रकम उपयोगविहिनको अवस्थामा देखिएको छ। चालु आर्थिक वर्षको बजेटमा कृषि व्यवस्थापन प्रर्वद्धन कोष स्थापना गरी किसानलाई शून्य ब्याजदरमा ऋण दिन छुट्टाइएको चार […]

Continue Reading

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना

२३ भदौ धनगढीः दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । शुक्रवार हिजो दार्चुलाको व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाले जनाएको छ । चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) […]

Continue Reading

धनगढीको शुभ श्री प्यालेसले खुला टिकटक प्रतियोगिता गर्दै

१२ जेठ, धनगढी : धनगढीको शुभ श्री पार्टी प्यालेसले खुला टिकटक प्रतियोगिता गर्ने भएको छ । बिहिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी प्यालेसले शुक्रवारदेखि जेठ २७ गतेसम्म टिकटक प्रतियोगिता गर्ने बताएको छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्धितियले १० हजार र तृतियले सात हजारसहित विभिन्न आकर्षक उपहार पाउनेछन ।टिकटक प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुलाई […]

Continue Reading

दार्चुलाकी सुत्केरी महिलाको हेलिकप्टरद्धारा उद्धार

१३ बैशाख, दार्चुला : दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरद्धारा उद्दार गरिएको छ । व्याँस गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टर द्धारा उद्दार गरिएको हो । बडूको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि उनलाई बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली […]

Continue Reading

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एसपीए कलेजका प्राध्यापकको जागरि चैट

१२ बैशाख, धनगढी : आफैले पढाउने विद्यार्थी (छात्रा) माथि यौन दुर्व्यवहार गरेको आरोप लागेका धनगढीको एसपीए कलेजका प्राध्यापक चेतराज भट्टलाई जागिरबाट निकालिएको छ । सोमवार एसपीमा प्लसटु कक्षा अन्तरगत कार्यविधि कानुन विषय पढाउने प्राध्यापक भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत यौन दुर्व्यवहार गर्ने गरेको कुरा बाहिर आएपछि उनलाई पदमुक्त गरिएको हो । क्याम्पस प्रमुख योगराज गौतमले विज्ञप्ती […]

Continue Reading

लागुऔषधसहित कैलालीमा ३ जना पक्राउ

११ बैशाख, धनगढी : लागुऔषधसहित कैलालीमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने २९ वर्षीय दिपक सुनार रहेका छन् । सुनारलाई लम्कीचुहा नगरपालिका–१ को भुरुवाबाट १ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । टीकापुर नगरपालिका–१ बाट कञ्चनपुरको […]

Continue Reading

सुदूरपश्चिमसहित देशभरीमा आजदेखि ‘खोप सप्ताह’ शुरु

११ बैशाख, धनगढी : सुदूरपश्चिमसहित देशभरीमा आजदेखि ‘खोप सप्ताह’ शुरु भएको छ । स्वास्थ्य निर्देशनालय, स्थानीय तहको स्वास्थ्य शाखा लगायतको आयोजनामा सुरु भएको वृहत खोज र खोप अभियानमा नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई खोप दिईने भएको छ । सप्ताहअन्र्तगत विभिन्न सचेतनामुलक कार्यक्रम, अभिमुखीकरण, छलफल लगायतका कार्यक्रम गरिने जनाईएको छ । सप्ताहकै पूर्वसन्ध्यामा […]

Continue Reading

कैलालीको भजनी नगरपालिकाका स्वास्थ्यकर्मी धर्नामा

१० बैशाख,धनगढी : कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु धर्नामा बसेका छन । स्थायी स्वास्थ्यकर्मीहरुले तलब भत्ता पाउनुपर्ने माग राख्दै आइतबारदेखि स्वास्थ्यकर्मी अनिश्चितकालका लागी धर्नामा बसेका हुन । स्थायी स्वास्थ्यकर्मी सङ्घर्ष समिति भजनीले अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीहरूलाई पनि इन्धन लगायत प्रोत्साहन भत्ता प्रदान गर्नुपर्ने, आगामी आर्थिक वर्षको तलब भत्ताको अग्रिम व्यवस्था गर्नुपर्ने, समायोजन र समायोजन […]

Continue Reading