स्वस्तिक हस्पिटलद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कृष्णपुरका २९४ जनाले लिए सेवा 

६ जेठ, धनगढी : धनगढीको सहिद गेटमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटल कैलालीद्वारा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २९४ जनाले सेवा लिएका छन् । शनिवार हस्पिटलले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा स्वास्थ्य शिविर आयोजना गरेको थियो । अस्पतालले नगरपालिकाको वडा नम्बर ५ मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १२५ जना बिरामीलाई निःशुल्क […]

Continue Reading

नेपालमै पहिलो पटक ३२सय मिटरको उचाईमा रक्तदान कार्यक्रम सम्पन्न

६ जेठ, धनगढी: नेपाल स्वयंसेवी रक्तदाता समाजले सुदुरपश्चिम प्रदेशको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल खप्तडमा शनिवार रक्तदान कार्यक्रम गरेको छ । नेपालमै पहिलो पटक ३२सय मिटरको उचाई रहेको रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्य मानवीय जीवनको महत्वपूर्ण पक्ष रगत रहेकोले १८ बर्षको उमेर देखि […]

Continue Reading

१० महिनादेखि पाएनन् नाकाका हेल्थ डेस्कका स्वास्थ्यकर्मीले तलब

२४ बैशाख, दोधारा चाँदनी (कञ्चनपुर) : कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ९  महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् । गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरिन् । ‘साउनदेखि […]

Continue Reading

कैलाली हस्पिटलद्धारा कर्मचारी माग, १६ गते सम्म आवेदन दिन सकिने

१० बैशाख, धनगढी : कैलाली हस्पिटल प्राईभेट लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । हस्पिटलले एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो । हस्पिटलले हेल्थ असिस्टेन (एचए),बिएन बिएसी नर्स, स्टार्फ नर्स,फार्मेसी असिस्टेन, सेक्युरेटी गार्ड पदमा कर्मचारी माग गरेको हो । हस्पिटलले माग गरेको उक्त पदका लागी इच्छुक तथा योग्ता पुगेका नागरिकले सुचना प्रकाशित […]

Continue Reading

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

७ बैशाख, धनगढी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्देशन जारी गर्दै मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा […]

Continue Reading

भोलि र पर्सि बालबालिकालाई भिटामिन ए खुवाइदै

५ बैशाख , काठमाडौँ : सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदै छ । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई […]

Continue Reading

काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदुषित शहर

२८ चैत्र, काठमाडौँ : काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ । त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । […]

Continue Reading

एसपीए कलेजले गर्‍यो टोल सरसफाइ कर्मचारी नियुक्त

२६ चैत्र, धनगढी : धनगढी उपमहानगरपालिका वडा नं. २ मा अवस्थित सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) ले टोल सरसफाइ कर्मचारी नियुक्त गरेको छ । क्याम्पसले धनगढी उप-महानगरपालिकाले थालनी गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई सहयोग पुगोस् भन्ने हेतुले टोल सरसफाइ कर्मचारी नियुक्त गरेको हो । समाजबाट लिने मात्रै होइन समाजलाई केही प्रदान गर्नुपर्छ भन्ने कुराको ज्वलन्त उदाहरणका […]

Continue Reading

जेनियम ऐकेडेमीका विद्यार्थी र अभिभावकले स्वस्तिक हस्पिटलमा उपचार गराउँदा छुट पाउने

२५ चैत्र, धनगढीः जेनियम ऐकेडेमी घोडाघोडी–१० पहलमानपुर, कैलालीमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. (स्वस्तिक अस्पताल)मा उपचार गराउँदा छुट पाउने भएका छन् । आईतबार जेनियम ऐकेडेमी पहलमानपुर र स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली. धनगढीबिच अस्पतालले दिने उपचार सेवामा छुट दिने गरी सम्झौता भए सँगै उक्त सेवा […]

Continue Reading

माया मेट्रो अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न,३२ जनाले गरे रक्तदान

धनगढी। माया मेट्रो अस्पताल धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। बुधबार सरस्वती पूजा र प्रणय दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन्। धनगढी-३ मा रहेको अस्पतालले स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै एक दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। […]

Continue Reading