नेपालमै पहिलो पटक कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप धनगढीमा हुँदै

६ जेठ, धनगढी:  नेपालमै पहिलो पटक सिटी अफ क्रिकेट धनगढीमा अन्तर विद्यालय  कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप २०८१ सञ्चालन हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए.) को  आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । जेठ ६ देखी ११ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, […]

Continue Reading

सन्दीपमाथि लगाइएको क्यानको प्रतिबन्ध फुकुवा

२ जेठ, धनगढी :  नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।

Continue Reading

नेपाल र वेस्टइन्डिज ए बीचको चौथो खेल आज हुँदै

२० बैशाख, धनगढी : नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराह्न्न १२: १५ बजेदेखि शुरु हुने छ । सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ए २-१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले […]

Continue Reading

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा

१९ बैशाख, धनगढी : नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल […]

Continue Reading

नेपाल र वेस्टइन्डिज ए बीचको तेस्रो खेल आज हुँँदै

१९ बैशाख, धनगढी : नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ । ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको […]

Continue Reading

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज

१५ बैशाख, काठमाडौँ : नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि शुरु हुदै छ । वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा कप्तान रोहितसहित […]

Continue Reading

धनगढी क्रिकेट एकेडेमीद्वारा नयाँ सेतो जर्सी सार्वजनिक

१४ वैशाख, धनगढी :  धनगढी क्रिकेट एकेडेमीले नयाँ जर्सी सार्वजनिक गरेको छ । एकेडेमीमा आबद्ध र एकेडेमीको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्ने खेलाडीहरू का लागि उक्त नयाँ जर्सी सार्वजनिक गरेको हो । धनगढी क्रिकेट एकेडेमीद्वारा बिहीबार बिहान आयोजित एक कार्यक्रमका बिच नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका उप-सचिव दशरथ बुढा, नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच जगत टमाटा […]

Continue Reading

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

१३ बैशाख, काठमाडौँ : नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, […]

Continue Reading

सन्दिप लामिछानेको मुद्दामा आज सुनवाइ हुदैँ

१० बैशाख काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुदैँछ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले […]

Continue Reading

राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

८ बैशाख, काठमाडौँ : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन् । मलेसिया क्रिकेट संघका अनुसार […]

Continue Reading