वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण

३० बैशाख , धनगढी : वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । ओडलाई नियन्त्रणमा राखेर जिल्ला अदालतबाट ५ दिनको म्यादन थप गरेर अनुसन्धान भइरहेको उनले बताए। नेपाल […]

Continue Reading

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

२५ बैशाख, धनगढी : गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ । कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा लगाउन नपर्ने […]

Continue Reading

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष

२५ बैशाख, धनगढी : दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ । फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ […]

Continue Reading

‘नमेटिने घाउ’ मा ओलीको अभिनय

१२ बैशाख, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका छन् । मंगलबार ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका हुन् । एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । एसिडपीडितको बारेमा बनाइदै गरेको यस फिल्ममा यस अघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]

Continue Reading

फिल्म ‘एक्टर’को शुभ मुहूर्त

११ बैशाख, धनगढी : फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी […]

Continue Reading

फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

८ बैशाख, काठमाडौँ : दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र शान्ति श्री परियारको युगल स्वर रहेको छ । माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन […]

Continue Reading

अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

६ बैशाख, काठमाडौँ : सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन् । फिल्मलाई सुयोग गुरुङले लेखन […]

Continue Reading

वैवाहिक बन्धनमा बाँधिए गायिका एलिना र विष्णु

५ बैशाख, धनगढी : गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् ।  उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । विष्णु केही […]

Continue Reading

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

४ बैशाख, काठमाडौं : बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ […]

Continue Reading

अभिनेता सलमान खानको घर बाहिर गोली चल्याे

२ बैशाख, काठमाडौँ :  बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए […]

Continue Reading