Blog

कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

७ जेठ, धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो […]

Continue Reading

हेलिकप्टर दुर्घटनामा इरानी राष्टपति रायसीको निधन

७ जेठ, धनगढी :  इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेमको पनि निधन भएको छ । हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको […]

Continue Reading

कांग्रेस सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य, कला, संस्कृति विभागद्वारा बैठक आह्वान

७ जेठ , धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागले बैठकको आह्वान गरेको छ। जेठ ६ गते आइतबार विभागका प्रमुख सुरत रावत डोटेली कान्छाले एक वक्तव्यमार्फत  नेपाली कांग्रेसको विधानको धारा १३, उपधारा (१) बमोजिम नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनित विभागीय सदस्यहरूलाई  बैठकका […]

Continue Reading

बैतडीमा एक पुरुषको शव फेला

७ वैशाख, धनगढी : डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्क विहीन रहेका थिए। उनको शव स्थानीय […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिदै

७ जेठ, धनगढी :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः […]

Continue Reading

धनगढीको एसपीए कलेज र साइप्रसको लेड्रा कलेज बिच सम्झौता

६ जेठ, धनगढी : सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपीए कलेज) धनगढीले साइप्रसको लेड्रा कलेजसँग सम्झौता गरेको छ । सोमबार युनिभर्सिटी अफ सुन्दरल्याण्ड बाट संवर्द्धन प्राप्त साइप्रसको कलेजसँग शैक्षिक गतिविधिहरू मा साझेदारी गर्ने गरी सम्झौता गरिएको हो । समझदारी पत्रमा एसपीए कलेज धनगढीका तर्प बाट क्याम्पस प्रमुख योगराज उपाध्याय र लेड्रा कलेज साईप्रसका तर्फबाट कलेजका अन्तर्राष्ट्रिय मामिलाका […]

Continue Reading

एस.पी.ए कलेजका ८ जना विद्यार्थीले पाए युरोपको हयात रेजेन्सीमा पेड इन्टर्नसिपको अवसर

६ जेठ, धनगढी : सुदूरपश्चिमको पहिलो आइटी बेसड कलेज सुदूर पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले युरोपको हयात रेजेन्सी कोटर बे रिसोर्ट मोन्टेनेग्रोमा  पेड इन्टर्नसिप (तलबसहित) को अवसर  पाएका छन् । कलेजमा अध्ययन गरेका  बि.एच.एम तेस्रो ब्याचका ८ जना विद्यार्थिहरुले सो अवसर पाएका हुन् । उनीहरू मध्ये अनुष्का भट क्षेत्री (हाउस किपिङ), अशोक चौधरी, विकास पौडेल, विक्रम […]

Continue Reading

नेपालमै पहिलो पटक कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप धनगढीमा हुँदै

६ जेठ, धनगढी:  नेपालमै पहिलो पटक सिटी अफ क्रिकेट धनगढीमा अन्तर विद्यालय  कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप २०८१ सञ्चालन हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए.) को  आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । जेठ ६ देखी ११ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, […]

Continue Reading

कैलाली उद्योग बाणिज्य संघद्वारा पाथिभारा इम्पोरियमलाई राहत स्वरुप ५० हजार हस्तान्तरण

६ जेठ, धनगढी : कैलाली उद्योग बाणिज्य संघ धनगढीले आगलागीबाट क्षति भएकालाई बिमाबाट क्षतिपूर्ति प्रदान गर्न सहजिकरण गर्ने भएको छ । बाणिज्य संघले धनगढी-२मा रहेको पाथिभारा इम्पोरियममा आगलागिबाट भएको ठुलो क्षतिमा बिमाबाट पनि क्षतिपुर्तिकोलागि सहजिकरण गर्ने भएको हो । धनगढी उपमहानगरपालिका वडा न-२मा रहेको पाथिभारा इम्पोरियममा आगलागीबाट झन्डै १ करोड बढीको क्षति भएको थियो । […]

Continue Reading

धनगढीमा चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा

गोदावरी(कैलाली) : धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । रु दश करोड ५० लाखभन्दा बढीको लागतमा निर्माणाधीन दुई हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ । आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर सौरभ कलौनीका अनुसार विसं २०७५ मङ्सिर १८ मा […]

Continue Reading