धनगढी, २१ साउन/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका चार प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।
आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल धनगढी, लम्कीचुहा प्रादेशिक अस्पताल लम्की, टीकापुर प्रादेशिक अस्पताल टीकापुर र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति प्रदान गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित सम्झौता तथा आवश्यक अन्य प्रक्रिया अगाडि बढाउने जिम्मेवारी मन्त्रालयलाई दिइएको छ। प्रदेश सरकारको यो निर्णयसँगै सुदूरपश्चिममा स्वास्थ्य शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र चिकित्सा अध्ययनको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



