धनगढी, २६ असोज/कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित भएका । रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाले ९५० मत पाए भने स्वाँरले ८८९ मत पाए । ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महा–सचिव निर्वाचित भए । स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचित भए ।
वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी निर्वाचित भए । उनी ओझा प्यानलका ओम बिष्टलाई पराजित गर्दै विजयी भएका हुन् । उपाध्यक्ष (उद्योग) मा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त निर्वाचित भए । उपाध्यक्ष (एसोसियट) मा ओझा प्यानलका मनोज अग्रवाल, उपाध्यक्ष (वाणिज्य) मा पनि ओझा प्यानलकै गगनराज केसी र उपाध्यक्ष (वस्तुगत) मा पनि ओझा प्यानलकै भीमराज ओझा (अब्बु) निर्वाचित भए ।
महा–सचिवमा ओझा प्यानलका दिनेश लम्साल निर्वाचित भए । उनले स्वाँर प्यानलका सुरेश पाण्डेलाई पराजित गर्दै निर्वाचित भएका हुन । कोषाध्यक्षमा स्वाँर प्यानलका तिलकबहादुर बोहरा र सचिवमा स्वाँर प्यानलका प्रकाशकुमार चन्द निर्वाचित भए ।

सदस्यहरुमा स्वाँर प्यानलबाट शुभ शंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, मञ्जु भट्ट, प्रेमबहादुर धामी, देवराज जोशी, प्रमिला पाठक निर्वाचित भए । यस्तै, ओझा प्यानलबाट सदस्यहरुमा अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, बमबहादुर कुँवर, कमला भट्टराई निर्वाचित भए ।
संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार ९ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि भएको निर्वाचनमा ५० जनाको उम्मेदवारी परेको थियो ।
