धनगढी, २३ असोज/सुदूरपश्चिमबाट प्रहरीका ११ वटा गाडी प्रहरी प्रधान कार्यालय पठाइएको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीका सयौं सवारीसाधनमाथि आगजनी भएपछि हेडक्वाटरले प्रदेश प्रहरीलाई गाडी पठाउन निर्देशन दिएको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी डम्बर बिकले ११ वटा गाडी हेडक्वाटर पठाएको बताए । डिआईजी बिकले भने, ‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र मातहतका विभिन्न युनिटले सञ्चालन गर्दै आएका ११ वटा गाडी पठाएका छौं ।’