दशैं अवधिमा सुदूरपश्चिममा ८ लाख बढी राजश्व संकलन

धनगढी, २२ असोज/दशैंको अवधिमा ट्राफिक नियम उलंघन गर्ने सवारीसाधनबाट ८ लाख ७३ हजार राजश्व संकलन गरिएको छ । प्रदेशका ९ वटै जिल्लामा ट्राफिक कारवाहीमा परेका सवारीसाधनबाट उक्त राजश्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले बताए ।
उनकाअनुसार सबैभन्दा धेरै कैलाली चार लाख ६७ हजार र कञ्चनपुरमा एक लाख ३१ हजार राजश्व संकलन गरिएको छ । बझाङमा ६५ हजार, डोटीमा ६४ हजार,डडेल्धुरा र बैतडीमा ३४र३४ हजार, दार्चुलामा ३२ हजार, अछाममा ३० हजार र बाजुरामा १६ हजार राजश्व संकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया