दशैं अवधिभर सुदूरपश्चिममा ४९ सवारीसाधन दुर्घटना : ८ को मृत्यु, १२२ जना घाइते

धनगढी, २२ असोज/सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक सय २२ जना घाइते भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर जोराले दुर्घटनामा आठ जनाको मृत्यु र एक सय २२ जना घाइते भएको बताए । प्रहरी नायव उपरीक्षक जोराका अनुसार सो अवधिमा कैलाली÷कञ्चनपुरमा २१÷२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्यांक छ । कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् ।
बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु भएको छ भने १४ घाइते, दार्चुलामा एकको मृत्यु भएको छ भने १० जना घाइते, डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएको जोराले बताए । दशैंको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ ।

तपाईको प्रतिक्रिया