जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

धनगढी, ३ असोज/जेन–जी आन्दोलनका क्रममा प्राण गुमाएका शहीदहरूको सम्झनामा स्टेपिङ्ग स्टोन तेक्वान्डो डोजाङ्गले शोकसभाको आयोजना गरेको छ । भ्रष्टाचार विरुद्ध यही भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा शोकसभाको आयोजना गरिएको हो ।
शोकसभामा सहभागीहरुले जेन–जी आन्दोलनका शहीदहरुको सम्झनामा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा वक्ताहरुले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने र शहीदहरुको बलिदानलाई व्यर्थ जान नदिने प्रतिवद्धता जनाए । कार्यक्रममा खेलाडी, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया